Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश वितरण नगर्ने हिमालयन बैंकले प्रिमियममा एफपीओ जारी गर्ने भन्दै साधारणसभा आवहान

अर्थ संसार

आइतबार, ०८ पुस २०८०, ०७ : १९ मा प्रकाशित

लाभांश वितरण नगर्ने हिमालयन बैंकले प्रिमियममा एफपीओ जारी गर्ने भन्दै साधारणसभा आवहान

हिमालयन बैंक लिमिटेडले सर्वसाधारण लगानीकर्तालाई थप सार्वजनिक निष्काशन अर्थात एफपीओ जारी गर्ने तयारी गरेको छ। 

कम्पनी एक सूचना निकाल्दै कम्पनीले आफ्नो साधारणसभा डाकेको छ , जसमा बैंकले प्रिमियममा एफपीओ जारी गर्ने प्रस्ताव पनि रहेको छ।  बैंकले पुस २९ गते, आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ३१ औँ वार्षिक साधारण सभा बिहान ९ बजे बोलाएको छ। 

साधारणसभाले सर्वसाधारण सेयरधनीको सेयर अनुपात कायम गर्न प्रिमियममा एफपीओ निष्काशन गर्ने, एफपीओको मूल्य निर्धारण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक सेयरधनीहरुको तर्फबाट ५ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु अगाडी सारेको छ। 

बैंकले पुस २० गते एक दिनका लागि बुकक्लोज तय गरेको छ । जस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन पाउनेछन।

हिमालयन बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने यस अघि नै जनाइसकेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको