Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकले डाक्यो साधारणसभा, कहिले छ बुकक्लोज?

अर्थ संसार

आइतबार, ०८ पुस २०८०, १० : ३२ मा प्रकाशित

गरिमा विकास बैंकले डाक्यो साधारणसभा, कहिले छ बुकक्लोज?

गरिमा विकास बैंकले कम्पनीको १७ औं वार्षिक साधारणसभा डाकेको छ ।

कम्पनीको पुस ६ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते कास्कीको होटल पोखरा ग्रान्डमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी कम्पनीले हालको चुक्ता पुँजीको ९.५ प्रतिशतले हुन आउने ४९ करोड २८ लाख ३० हजार दुई सय ७० रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनका लागि दुई करोड ५९ लाख ३८ हजार चार सय ३५ रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारणसभामा पेश गरी स्वीकृत गर्ने जनाएको छ । 

कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस १७ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस १६ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको