Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल ल्यूब आयलको बोनस पछि मूल्य समायोजन

अर्थ संसार

आइतबार, ०८ पुस २०८०, १५ : ३८ मा प्रकाशित

नेपाल ल्यूब आयलको बोनस पछि मूल्य समायोजन

नेपाल ल्यूब आयल लिमिटेडले घोषणा गरेको २५ प्रतिशत बोनस सेयर अनुसार मूल्य समायोजन भएको छ । 

नयाँ समायोजित मूल्य अनुसार अब बुधबार उक्त कम्पनीको सेयर कारोबार २२५.९२ रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको प्रति सेयर २८२.४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले कम्पनीले हालको चुक्ता पुँजीको २५ प्रतिशत बराबरको बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरि कुल ३० प्रतिशत लाभांश वितरण गर्दैछ । 

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १० देखि पुस २४ सम्म बुकक्लोज गर्दैछ । अर्थात आज सम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको