Like us!
Follow us!
Connect us!
Watch us!

इथियोपिया टाट पल्टिने जोखिममा, अन्तर्राष्ट्रिय ऋणपत्रको ब्याज तिर्न सकेन

अर्थ संसार

मंगलबार, १० पुस २०८०, १५ : २९ मा प्रकाशित

इथियोपिया टाट पल्टिने जोखिममा, अन्तर्राष्ट्रिय ऋणपत्रको ब्याज तिर्न सकेन

अफ्रिकन देश इथियोपियाले अन्तर्राष्ट्रिय सरकारी ऋणपत्रको ब्याज तिर्न नसकेपछि देश टाट पल्टिने जोखिममा परेको छ ।

अफ्रिकाको दोस्रो सर्वाधिक जनसंख्या भएको मुलुक इथियोपियाले तीन करोड तीस लाख बराबरको ब्याज तिर्न असफल भएको हो । कोभिड-१९ र दुई वर्षे गृहयुद्धले सिथिल त्यहाँको अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगेको हो । डिसेम्बर ११ मा तिरिसक्नुपर्ने कुपनको १४ दिने ग्रेस पिरियडसमेत सकिइसकेको छ ।

 ब्याज तिर्न नसकेसँगै अब इथियोपिया अफ्रिकन महादेशकै जाम्बिया र घाना तथा एसियाको श्रीलंका अवस्थामा पुग्नेछ । वैदेशिक मुद्राको सञ्चिति सकिदै जानू तथा अत्यधिक मूल्यवृद्धिले गर्दा इथियोपियाको अर्थतन्त्र जटिल अवस्थामा पुगेको जनाइएको छ ।

क्रेडिट रेटिङ एजेन्सी एस एन्ड पी ग्लोबलले उक्त बोन्डको रेटिङ झारेर डिफल्ट घोषित गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको