हाथवे इन्भेस्टमेन्टले घोषणा गरेको १० प्रतिशत बोनस सेयर अनुसार मूल्य समायोजन भएको छ ।
नयाँ समायोजित मूल्य अनुसार अब बिहीबार उक्त कम्पनीको सेयर कारोबार ७२४.०९ रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको प्रति सेयर ७९६.५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले कम्पनीले हालको चुक्ता पुँजीको १० प्रतिशत बराबरको बोनस सेयर र ०.५२६ नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्दैछ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुकक्लोज गर्दैछ । अर्थात आज सम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस