Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्स र तारागाउँ रिजेन्सीको बोनस पछि मूल्य समायोजन, भोलि कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

बुधबार, ११ पुस २०८०, १७ : १८ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्स र तारागाउँ रिजेन्सीको बोनस पछि मूल्य समायोजन, भोलि कतिमा खुल्छ कारोबार ?

फर्स्ट माइक्रोफाइनान्स र तारागाउँ रिजेन्सीले घोषणा गरेको बोनस सेयर अनुसार मूल्य समायोजन भएको छ । 

नयाँ समायोजित मूल्य अनुसार अब बिहीबार फर्स्ट माइक्रोफाइनान्स सेयर कारोबार ६२२.३३ रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको प्रति सेयर ६६९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले हालको चुक्ता पुँजीको ७.५ प्रतिशत बराबरको बोनस सेयर र ७.५ नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ ।

यसैगरी तारागाउँ रिजेन्सीको बिहीबार सेयर कारोबार ८३६.६३ रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको प्रति सेयर ८७०.१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले हालको चुक्ता पुँजीको ४ प्रतिशत बराबरको बोनस सेयर र ११ नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ दुवै कम्पनीले पुस १२ गते बुकक्लोज गर्दैछन् । अर्थात आज सम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको