Like us!
Follow us!
Connect us!
Watch us!

कुथेली बुखरीको साधारणसभा आह्वान, छैन लाभांशको व्यवस्था

अर्थ संसार

विहीबार, १२ पुस २०८०, १० : २० मा प्रकाशित

कुथेली बुखरीको साधारणसभा आह्वान, छैन लाभांशको व्यवस्था

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले कम्पनीको १२ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले आव २०७९/८० सम्मको मुनाफाबाट कुनै पनि लाभांश नदिने भएको छ ।

कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले पुस २७ गते गठ्ठाघरस्थित जर्मन होम्स हस्पिटालिटी प्रालिमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस १८ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस १७ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको