Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन भेन्चर्सले डाक्यो साधारणसभा, सेयरधनीको हात रित्तै

अर्थ संसार

विहीबार, १२ पुस २०८०, १२ : १३ मा प्रकाशित

ग्रीन भेन्चर्सले डाक्यो साधारणसभा, सेयरधनीको हात रित्तै

ग्रीन भेन्चर्स लिमिटेडले कम्पनीको पाँचौं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले आव २०७९/८० सम्मको मुनाफाबाट कुनै पनि लाभांश नदिने भएको छ ।

कम्पनीको पुस १० गते बसेको सञ्चालक समितिको बैठकले माघ ५ गते काठमाडौंको थापागाउँस्थित नयाँ बानेश्वर ब्याङ्क्वेटमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस २० गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस १९ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको