Like us!
Follow us!
Connect us!
Watch us!

वलेफी हाइड्रोको साधारणसभा मिति तय, शतप्रतिशत हकप्रदको प्रस्ताव पारित गर्ने

अर्थ संसार

सोमबार, १६ पुस २०८०, १० : ५६ मा प्रकाशित

वलेफी हाइड्रोको साधारणसभा मिति तय, शतप्रतिशत हकप्रदको प्रस्ताव पारित गर्ने

वलेफी हाइड्रो कम्पनीले आफ्नो १२ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले लगानीकर्तालाई भने कुनै लाभांशको व्यवस्था गरेको छैन ।

पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले माघ १० गते काठमाडौंको नक्सालस्थित आम्रपालि ब्याङ्क्वेटमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

कम्पनीले साधारणसभामा हालको चुक्ता पुँजीको शतप्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पेश गर्ने पनि जनाइएको छ । साधारणसभा प्रयोजनार्थ पुस २७ गते एकदिन कम्पनीले बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस २६ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको