Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

अर्थ संसार

सोमबार, १६ पुस २०८०, १७ : २२ मा प्रकाशित

बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

सिडि रेसियो ८० प्रतिशत भन्दा तल झर्न लागेसँगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ७ दिनका लागि १० अर्ब तरलता खिच्ने भएको छ ।

बैंकले सात दिने निक्षेप संकलन उपकरण मार्फत पुस १७ देखि पुस २४ गतेसम्मका लागि २० अर्ब निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंकबाट इजाजत पाएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको बोलकबोलका लागि आवेदन दिन सक्नेछन् । ती संस्थाले कम्तिमा १० करोड देखि सो भन्दा माथि ५ करोडले भाग गर्दा निशेष भाग जाने रकम १० अर्बसम्मै बोल गर्न सक्नेछन् ।

संकलित निक्षेपको साँवा तथा ब्याज राष्ट्र बैंकले पुस २४ गते भुक्तान गर्नेछ । ब्याजको हकमा सबैभन्दा कम कबोल गरिएको ब्याजलाई पहिलो प्राथमिकतामा राखी त्यसै क्रमले बोल गरिएको रकम क्रमश: बाँडफाँड हुनेछ । यसरी निक्षेप संकलन गरिएको रकम तरलता अनुपात तथा एसएलआरमा बैंक तथा वित्तीय संस्थाले गणना गर्न पाउनेछन् ।

पुस महिनामा राष्ट्रबैंकले निक्षेप संकलन गर्न लागेको यो पाँचौ पटक हो । पुसको शुरूवात मै १० अर्ब निक्षेप संकलन गरेको राष्ट्र बैंकले पुस ६ गते थप २५ अर्ब, पुस ११ गते ३५ अर्ब तथा पुस १२ गते २० अर्ब निक्षेप संकलन गरेको थियो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भए पनि कर्जा विस्तार भने हुनसकेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको