Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले विभिन्न कोषको करिब २३ करोड रुपैयाँ एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्ने

अर्थ संसार

मंगलबार, १७ पुस २०८०, १९ : १३ मा प्रकाशित

राष्ट्र बैंकले विभिन्न कोषको करिब २३ करोड रुपैयाँ एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २२ करोड ९१ लाख रुपैयाँ मुद्दती खातामा लगानी गर्ने भएको छ ।

बैंकले एक सूचना जारी गर्दै विभिन्न सर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थामा विभिन्न कोषको २२.९१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको हो । सूचना अनुसार राष्ट्र बैंकले यसमध्ये क वर्गका वाणिज्य बैंकमा १८ करोड ३३ लाख, विकास बैंकहरुमा ३ करोड ४४ लाख रुपैयाँ र वित्त कम्पनीहरुमा एक करोड १४ लाख रुपैयाँ गरी कुल २२ करोड ९१ लाख रुपैयाँ राख्न लागेको हो ।

राष्ट्र बैंकले २०८० माघ १ गतेदेखि २०८१ माघ १ गतेसम्म ३६६ दिनका लागि मुद्दतिमा उक्त रकम राख्नेछ । निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको, कर्जा निक्षेप अनुपात निर्धारित सीमा भित्र रहेको, न्यूनतम पूँजीकोष अनुपात कायम रहेको लगायतका सर्त पुगेका बैंक तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर र मुद्दतिमा लिन चाहेको रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको