Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लाइफले डाक्यो साधारणसभा, लाभांश भने नदिने

अर्थ संसार

शुक्रबार, २० पुस २०८०, ११ : ०३ मा प्रकाशित

हिमालयन लाइफले डाक्यो साधारणसभा, लाभांश भने नदिने

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १६ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले लगानीकर्तालाई भने कुनै लाभांशको व्यवस्था गरेको छैन ।

पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले माघ १८ गते काठमाडौंको गैरीधारास्थित सिल्भर ओक ब्याङ्क्वेटमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ माघ ३ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात माघ २ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको