Like us!
Follow us!
Connect us!
Watch us!

गुडविल फाइनान्सको नयाँ साधारणसभा मिति तय

अर्थ संसार

आइतबार, २२ पुस २०८०, ११ : २४ मा प्रकाशित

गुडविल फाइनान्सको नयाँ साधारणसभा मिति तय

गुडविल फाइनान्स कम्पनीले यस अघि स्थगित आफ्नो २९ औं वार्षिक साधारणसभाको लागि नयाँ मिति तय गरेको छ । कम्पनीले लगानीकर्तालाई भने कुनै लाभांशको व्यवस्था गरेको छैन ।

पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले माघ १५ गते काठमाडौंको हात्तीसारस्थित गुडविल कम्प्लेक्समा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस १८ देखि पुस २९ गतेसम्म दिन बुक क्लोज गरिसकेको छ । अर्थात पुस १७ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको