Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माइक्रोफाइनान्सको साधारणसभा मिति तय, बुक क्लोज कहिले ?

अर्थ संसार

मंगलबार, २४ पुस २०८०, ११ : ५३ मा प्रकाशित

मेरो माइक्रोफाइनान्सको साधारणसभा मिति तय, बुक क्लोज कहिले ?

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो ११ औं वार्षिक साधारणसभाको मिति तय गरेको छ । कम्पनीले लगानीकर्तालाई भने कुनै लाभांशको व्यवस्था गरेको छैन ।

पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले माघ २६ गते नुवाकोटको बट्टारस्थित सिद्धार्थ होटल वाटर टावरमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

कम्पनीले अब ४०.६ प्रतिशत सेयर सर्वसाधारण समूहको तथा बाकिँ ५९.४० प्रतिशत सेयर संस्थापक समूहको रहने गरि सेयर संरचना हेरफेर गर्ने विशेष प्रस्ताव पनि साधारणसभामा पेश गर्नेछ । साधारणसभा प्रयोजनार्थ लघुवित्तले माघ ५ गते एक दिन बुक क्लोज गर्नेछ । अर्थात माघ ४ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको