Like us!
Follow us!
Connect us!
Watch us!

पञ्चकन्या माई हाइड्रोपावरको साधारण सभा सम्पन्न

अर्थ संसार

विहीबार, २६ पुस २०८०, २१ : ४३ मा प्रकाशित

पञ्चकन्या माई हाइड्रोपावरको साधारण सभा सम्पन्न

पञ्चकन्या माई हाइड्रोपावरको सातौं र आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको अध्यक्षतामा पुस २४ गते ललितपुरको कुपण्डोलमा साधारण सभा सम्पन्न भएको हो । 

संस्थापक सेयर सदस्य, सर्व साधारण शेयर सदस्य, कम्पनीका कर्मचारी, पत्रकारहरु तथा शुभचिन्तकहरुको उपस्थिति रहेको सभाबाट सर्वसाधारण शेयरधनी (समुह ख) को तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालक र स्वतन्त्र संचालक १ जनाको निर्वाचन तथा मनोनयन गरेको छ । 

जसअनुसार सर्वसाधारण शेयरधनीको तर्फबाट सनिल पक्का र स्वतन्त्र संचालकमा बरदान गिरी निर्वाचित गरिएको छ । साथै कार्यक्रममा कम्पनीको आय व्यय विवरण, नाफा नोक्सानको वासलात, वार्षिक प्रतिवेदन र भावी कार्यव्रmम प्रस्तुत गरिएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको