Like us!
Follow us!
Connect us!
Watch us!

उद्योगहरुमा काटिएको लाइन जोडिदिने प्राधिकरणको निर्णय

अर्थ संसार

शुक्रबार, २७ पुस २०८०, ११ : ५० मा प्रकाशित

उद्योगहरुमा काटिएको लाइन जोडिदिने प्राधिकरणको निर्णय

डेडिकेटेड फिडर तथा ट्रंक लाइनको शुल्क नबुझाएको भनी काटिएका उद्योगहरुको बिजुलीको लाइन जोडिने भएको छ ।

नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको आज बिहान बसेको बैठकले विद्युत लाइन जोडिदिने निर्णय गरेको हो । मन्त्रीपरिषद् बैठकबाटै विद्युत लाइन जोड्न निर्देशन आए पनि प्राधिकरणले हालसम्म लाइन भने जोडिदिएको थिएन । बक्यौता बिल बारे छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गिरिशचन्द्र लाल संयोजकत्वमा ऊर्जा मन्त्रालयका सहसचिव र उद्योग मन्त्रालयका सहसचिव सदस्य रहने तीन सदस्यीय छानबिन समितिसमेत गठन गरिसकेको छ ।

प्राधिकरणले ५ करोडभन्दा बढी बक्यौता रहेका २४ कम्पनीहरुको लाइन काटेको थियो । डेडिकेटेड फिडर तथा ट्रंक लाईनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरुको २०८० मङ्सिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ रहेको प्राधिकरणको भनाई छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको