Like us!
Follow us!
Connect us!
Watch us!

लिवर्टी इनर्जीको चौधौँ वार्षिक साधारण सभा सम्पन्न

अर्थ संसार

शुक्रबार, २७ पुस २०८०, १२ : ४८ मा प्रकाशित

लिवर्टी इनर्जीको चौधौँ वार्षिक साधारण सभा सम्पन्न

लिवर्टी इनर्जी कम्पनीको चौधौँ वार्षिक साधारण सभा २०८० पौष २५ गते संचालक अध्यक्ष डा. आत्माराम घिमिरेको सभापतित्वमा सम्पन्न भएको छ ।

साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण पारित गर्ने, अन्य कम्पनीलाई प्राप्ति तथा मर्जरको प्रकृया अघि बढाउन अख्तियारी दिनेलगायतका प्रस्तावहरु पारित गरेको छ । कम्पनीको अघिल्लो साधारण सभाबाट हालको चुक्ता पूँजीको ५०% का दरले हुन आउने ७५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भए बमोजिम उक्त हकप्रद शेयर निष्काशनको अन्तिम स्विकृतीको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिई प्रकृयामा रहेको छ ।

हाल कम्पनीसँग ३ वटा जलविद्युत आयोजनाको स्वामित्व रहेकोमा लमजुङ जिल्ला स्थित २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना निर्माण सम्पन्न भई गत २०७९ मंसिर १७ गतेबाट व्यापारिक उत्पादन भइरहेको, १.६ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता भएको तथा २४.६ मे.वा क्षमताको बडिगाड खोला जलविद्युत आयोजनाको समेत कनेक्सन एग्रिमेन्ट सम्पन्न भई विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त गरि विद्युत खरीद बिक्री सम्झौता हुने क्रममा रहेको अध्यक्ष डा. आत्माराम घिमिरेले साधारण सभामा जानकारी दिए ।

शेयरधनीहरुको उल्लेख्य उपस्थिति रहेको साधारण सभामा सम्पूर्ण शेयरधनीहरुको जिज्ञासाको जवाफ दिँदै प्रस्तुत प्रस्तावहरु सर्वसम्मतिले पारित गर्दै सौहार्दपूर्ण रुपमा उल्लासपूर्वक सम्पन्न भएको कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको