Like us!
Follow us!
Connect us!
Watch us!

२०२३ मा चीनको जनसंख्या २० लाखले घट्यो

अर्थ संसार

बुधबार, ०३ माघ २०८०, १३ : १३ मा प्रकाशित

२०२३ मा चीनको जनसंख्या २० लाखले घट्यो

सन् २०२३ मा चीनको जनसंख्या २० लाखले घटेको छ ।त्यहाँको राष्ट्रिय तथ्यांक विभागका अनुसार २०२३ मा ०.१५ प्रतिशतले चीनको जनसंख्या घटेर १.४०९ अर्ब पुगेको छ ।

कोभिड-१९ बाट बढेको मृत्युदर तथा जन्मदरमा आएको व्यापक कमीका कारण त्यहाँको जनसंख्यामा उल्लेख्य गिरावट आएको हो । सन् २०२२ मा पनि साढे आठ लाखले घटेको चीनको जनसंख्यामा यो लगातार दोस्रो वर्षको गिरावट हो । सन् १९६१ मा महा भोकमरी लाग्दा घटेको चीनको जनसंख्या त्यसपछि एकैपटक २०२२ मा घटेको थियो ।

चीनमा सन् २०२३ मा एक करोड ११ लाख मानिसको मृत्यु भएको थियो भने ९० लाख बच्चा मात्र जन्मिएका थिए । अघिल्लो वर्षको भन्दा जन्मदर ५.७७ प्रतिशतले कमी आएको हो । उक्त वर्ष प्रति हजार जनसंख्या जन्मदर पनि ६.७७ बाट घटेर ६.३९ मा झरेको थियो । यसरी मृत्युदर बढेर जन्मदरमा ह्रास आउँदा त्यहाँको जनसंख्यामा ठूलो गिरावट आएको हो ।

चीनमा ६० वर्ष माथिका व्यक्तिको जनसंख्या पनि बढेर कुल जनसंख्याको २१.१ प्रतिशत पुगेको छ जसले आगामी समय थप जनसंख्यामा गिरावट आउने देखाएको छ । जनसंख्याको हिसाबले भारतले चीनलाई अघिल्लो वर्ष नै उछिनिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको