Like us!
Follow us!
Connect us!
Watch us!

ढोका लक हुँदा जब पौने दुई घन्टाको हवाईयात्रा प्लेनको ट्वाइलेटमै बिताउनुपर्यो...

अर्थ संसार

बुधबार, ०३ माघ २०८०, १४ : ३३ मा प्रकाशित

ढोका लक हुँदा जब पौने दुई घन्टाको हवाईयात्रा प्लेनको ट्वाइलेटमै बिताउनुपर्यो...

भारतको मुम्बईबाट बेङ्गलुरु जाँदै गरेका एक यात्रुले प्लेनको ट्वाइलेटमै पौने दुई घन्टाको हवाईयात्रा बिताउनु परेको छ ।

मङ्गलबार घटेको घटनामा स्पाइसजेट कम्पनीको उडान चढेका एक युवक प्लेनको शौचालय मै पुरै यात्रा दौरान थुनिएका हुन् । मङ्गलबार मध्यराति दुई बजेको उडानमार्फत बेङ्गलुरु आउने क्रममा उनी ढोकाको लकमा आएको समस्याका कारण अड्किएका थिए । प्लेन टेकअफ भएपछि शौचालय गएका उनी त्यही थुनिएको बारे जानकारी पाएपछि विमान परिचारिकाले उनलाई सानो नोट लेखेर दिएकी थिइन् ।

नोटमा ढोका खोल्न प्रयास गरेपनि लकमा गडबड हुँदा ढोका खोल्न नसकिएको र कमोड लिड बन्द गरेर बस्न अनुरोध गरिएको थियो । परिचारिकाले यात्रुलाई नआत्तीई बस्न अनुरोध गर्दै केही समयमा जहाज अवतरण हुने पनि जनाएकी थिइन् । बेङ्गलुरु विमानस्थलमा विमान अवतरण भए लगत्तै इन्जिनियरहरुले ढोका खोलेर ती युवकको उद्धार गरेका थिए । उद्धार गरेर प्राथमिक उपचार गरिएको युवकले घटनाले आफूमा मानसिक आघात परेको बताएका थिए ।

स्पाइसजेट घटनाबारे माफी माग्दै ती यात्रुलाई शतप्रतिशत रिफन्ड गरिदिने बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको