Like us!
Follow us!
Connect us!
Watch us!

दक्षिणी गाजामा ग्रीनेड हमलामा २१ इजरायली सैनिक मारिए

अर्थ संसार

मंगलबार, ०९ माघ २०८०, १३ : ५७ मा प्रकाशित

दक्षिणी गाजामा ग्रीनेड हमलामा २१ इजरायली सैनिक मारिए

दक्षिणी गाजामा ग्रीनेड हमलामा २१ इजरायली सैनिकको मृत्यु भएको छ ।

सोमबार रकेट प्रोपेल्ड ग्रीनेडबाट गरिएको आक्रमणमा दुई भवन भत्कँदा ती सैनिकको मृत्यु भएको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका हुन् । घटना थप एक सैनिक गम्भीर घाइते भएको जनाइएको छ । हमाससँग लडाइँ शुरु भए यताकै इजरायली सेनाले बेहोरेको यो सबै भन्दा ठूलो मानवीय क्षति हो ।

पछिल्लो समय इजरायली सेनाले आफ्नो आक्रमण दक्षिणी गाजामा केन्द्रित गरेको छ । गत वर्षको अक्टोबर ७ देखि शुरु भएको द्वन्द्वमा २५ हजारभन्दा बढी प्यालेटेनी नागरिकले ज्यान गुमाइसकेका छन् भने १२ सय इजरायलीको मृत्यु भइसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको