Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्न समिति गठन

अर्थ संसार

बुधबार, १० माघ २०८०, १६ : २६ मा प्रकाशित

नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्न समिति गठन

नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको छ ।

मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो । बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्ता मैत्री एवं अन्तर्राष्ट्रियस्तरको प्रविधिसहितको क्षमतायुक्त बनाउन नेप्सेको गुणस्तरीय प्रतिष्पर्धी विकास हुने गरी नेपालको पुँजी बजारमा दोस्रो स्टक एक्सचेञ्ज प्रवेश गराउन बोर्डले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि आवेदन माग भइसकेको छ ।

नयाँ स्टक एक्सचेन्ज सञ्चालनको लागि हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले धितोपत्र बोर्डमा आवेदन दिएका थिए । त्यसपछि भने नयाँ स्टक एक्सचेञ्ज प्रक्रियामा खासै प्रगति हुन सकेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको