Like us!
Follow us!
Connect us!
Watch us!

सरकारको लाजमर्दो निर्णय : मुठ्ठीभरका मान्छेको स्वार्थपूर्ति गर्न नयाँ स्टक एक्सचेञ्चको प्रक्रिया रोकियो

अर्थ संसार

शुक्रबार, २९ बैशाख २०८०, १८ : ५६ मा प्रकाशित

सरकारको लाजमर्दो निर्णय : मुठ्ठीभरका मान्छेको स्वार्थपूर्ति गर्न नयाँ स्टक एक्सचेञ्चको प्रक्रिया रोकियो

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्ने सरकारको निर्णयले आफू एकदमै दुखी भएको नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष एवमं पुराना अनुभवी लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् ।

सरकारले प्रकृया राेकिनुकाे वास्तविकता छिट्टै खुलाउनु जरूरी

सरकारले यो प्रकृया रोकिनुको वास्तविकता खुलाएर पुर्णपाठ निकाल्नुपर्ने उनको माग छ । उनी भन्छन्, “म त एकदम दुखी छु कारण के भन्दा खेरी पहिला त सरकारको पुर्णपाठ आउनुपर्यो, खाली एउटा पेपरबाट रोकिएको हालको लागि भनेर आएको छ । तर त्यसको वास्तविकता भित्र के हो सधैँको लागि रोकिएको होकी, केही समयको लागि रोकेर छानबिन गर्ने होकी के हो त्यो पूर्णपाठ आएको छैन हेर्न बाँकी नै छ ।“

उने थपे, “तर पनि सरकारले यसो नगर्नुपर्ने कारण के भन्दाखेरी धितोपत्र बोर्ड एउटा स्वायत संस्था हो, स्वायत संस्था भएको नाताले पूँजी बजारको विकास विस्तार गर्नका लागि लगानीकर्ताहरूको हक हितका लागि र विकासको काम गर्नका लागि सधैँ उसले गर्न पाउँछ । सेबोनले विगत धेरै वर्षदेखि आफ्नो ठाउँबाट कन्सल्ट र अध्ययन गर्दै आएको, लगानीकर्ताहरूले पनि वर्षौँ वर्षदेखि यो माग गरिराखेका थिए । सेबोनले पूँजी बजारको विकासका लागि स्टेप बढायो र मन्त्रालयमा ती सबै कुराहरू पठायो । सिङ्गै मन्त्रीमण्डलले डिसिजन गर्यो, सर्वसम्मतले यो प्रकिया अगाडि बढाउ भनेर डिसिजन गर्यो । यो कुराहरू अगाडि बढ्दा खेरी एउटा समूह जसले नपाउने सम्भावना थियो उहाँहरूले जालझेल गरेर रोक्न खोजे । मिडियाहरूमा अवाज उठाए सकेनन् पछि सर्वोच्चमै मुद्दा पर्यो, ६ महिना त्यहाँ रोकियो । आखिरमा सर्वोच्च अदालतले पनि सबैको हकमा दिनुपर्छ यो अगाडि बढाउ भनेर फैसला गर्यो । त्यही अनुसार अगाडि बढेर ब्रोकरको लागि एलओआई दिइसक्यो ।“

मुठ्ठीभरका मान्छेहरू जसको स्वार्थपूर्ति भएन उनीहरूले खुट्टा तानातान गरेर यो तुहाउन खोजेको हो, सफल भए । लाजमर्दाे कुरा के भने त्यसमा सरकारले साथ दियो ।

मुठ्ठीभरका मान्छेको स्वार्थपूर्ति गर्न नयाँ स्टक एक्सचेञ्चको प्रक्रिया रोकिनु सरकारको लाजमर्दो र फितलो निर्णय रहेको उनको धारणा छ । अर्थ संसारसँग कुराकानी गर्दै उनले भने, “कमोडिटी र नयाँ स्टक एक्सचेञ्जको दिने कुरामा सर्वोच्च, मन्त्रीमण्डलले पनि उनीहरूलाई रोक्न सकेन धितोपत्र बोर्ड अगाडि बढेको ठाउँमा लगानीकर्ताहरू पनि सबैले सपोर्ट गरेको टाइममा केही स्वार्थी समूहले केही सांसदलाई उठाएर सांसदमा नेगेटिभ बोल्न लगाए, हल्ला गरे, प्रचारबाजी गरे, मिडियाबाजी गरे । त्यो अन्तर्गत अहिले पोलिटिकत डिस्टबेन्स छ सरकार पनि आफैँले डिसिजन गरेको आफैँले फिर्ता लियो । यो लाजमर्दो भयो किनभने, सरकारले आफैँ डिसिजन गरेको, सर्वोच्चले पास गरेको, सबै लगानीकर्तादेखि अग्रजहरूले यो अपरिहार्य छ, पूँजी बजारको विकासका लागि चाहिन्छ भनिरहँदा मुठ्ठीभरका मान्छेहरू जसको यसमा स्वार्थपूर्ति भएन उनीहरूले खुट्टा तानातान गरेर यो तुहाउन खोजेको हो, सफल भए । त्यसमा सरकारले साथ दियो । लाजमर्दो कुरा के भने आफ्नै क्याबिनेटले डिसाइड गरेको कुरा आज फिर्ता लिँदा खेरी उनीहरू पनि कति कमजोर रहेछन् कति फितलो रहेछन् भन्ने कुरा आज देखाइयो । कहिँ नभएको जात्रा हाँडी गाउँमा । आफ्नै क्याबिनेटले डिसिजन गर्ने अनि दुई चार जनाले विरोधमा बोले भन्दैमा आफ्नै क्याबिनेटले फिर्ता लिने ।“

कतै केही छलकपट भएको भए त्यसको बारेमा अनुसन्धान गर्नुपर्नेमा सरकारले विकासको काम नै रोकेर एकदमै गलत गरेको उनले बताए । "सरकारले एकदम कमी कमजोरीका साथ फितलो निर्णय गर्यो । कहीँ नभएको जात्रा हाम्रै सरकारमा देखिन्छ । सर्वोच्चले मानेको कुरा यो त सर्वोच्चकै अपहेलना भएको जस्तो लाग्यो ।", उनले भने ।

विकासकाे काम राेकेर आफ्नो खुट्टामा आफैँले बन्चरो हाने, पछि पश्चाताप हुनेछ 

केही लगानीकर्ताहरूले नबुझेर यसको विरोध गरिरहेका थिए उनीहरूले आफ्नो खुट्टामा आफैँले बन्चरो हानेका जस्तो लाग्छ रौनियारलाई । यस्तो कुराहरूमा बुझेर मात्रै बोल्नुपर्ने उनको धारणा छ । नयाँ स्टक एक्सचेञ्ज आउँदा त्यही एउटा स्वार्थी समूह बाहेक अरू कसैलाई केही बेफाईदा नहुने उनको तर्क छ । विकासको काम कुनै वर्गले पनि रोक्न नहुने उनको तर्क छ ।  

उनले भने, “नयाँ स्टक एक्सचेञ्जले दुर्गामी परिणाम लेराउँथ्यो । पूँजी बजारको लागि कोसेढुङ्गा साबित हुने थियो । अहिले जसले रोके पछि उनीहरूनै पछुताउनेछन् । उनीहरुले आफ्नो खुट्टामा आफैँले बन्चरो हाने जस्तो हुन्छ ।“

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको