Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन र आरविवि सेक्युरिटिजले पनि पाए नेप्सेको सदस्यता, नयाँ ब्रोकरको संख्या ३७

अर्थ संसार

बुधबार, १० माघ २०८०, १७ : ५४ मा प्रकाशित

हिमालयन र आरविवि सेक्युरिटिजले पनि पाए नेप्सेको सदस्यता, नयाँ ब्रोकरको संख्या ३७

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले हिमालयन र आरविवि सेक्युरिटिज लिमिटेडलाई नेप्सेको सदस्यता प्रदान गरेको छ ।

नेप्सेले माघ ३ गते उक्त दुई कम्पनीलाई सदस्यता दिएसँगै नयाँ सदस्यता प्राप्त गर्ने धितोपत्र कारोबार सदस्यको संख्या ३७ पुगेको छ । यस अघि मङ्सिर ५ गते केबिएल सेक्यिरिटिजलाई तथा पुस ५ गते म्याग्नेट सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट कम्पनीलाई नेप्सेको सदस्यता दिएको थियो । 

केबिएल सेक्यिरिटिज, म्याग्नेट सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट कम्पनी र आरविवि सेक्युरिटिज लिमिटेड सीमित कारोबार गर्ने धितोपत्र दलाल कम्पनी हुन् । यसैगरी हिमालयन सेक्युरिटिज पूर्ण कारोबार गर्ने धितोपत्र दलाल कम्पनी हो ।

केबिएल सेक्यिरिटिजले ब्रोकर नम्बर ९४, म्याग्नेट सेक्युरिटिजले ब्रोकर नम्बर ९५, हिमालयन सेक्युरिटिजले ब्रोकर नम्बर ९६ र आरविवि सेक्युरिटिजले ब्रोकर नम्बर ९७ सदस्यता नम्बर प्राप्त गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको