Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राले भन्यो संस्थापक सेयरहरुको लक इन अवधि समाप्त ऐनको व्यवस्था अनुसार मात्र हुनेछ

अर्थ संसार

विहीबार, ११ माघ २०८०, ०७ : ०५ मा प्रकाशित

निफ्राले भन्यो संस्थापक सेयरहरुको लक इन अवधि समाप्त ऐनको व्यवस्था अनुसार मात्र हुनेछ

नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्राले संस्थापक शेयरको लकइन अवधिबारे थप प्रष्ट पारेको छ । बैंकको संस्थापक सेयरहरुको लक इन अवधि (Lock in Period) समाप्त हुने बारेको सूचना प्रकाशित भएको र सो सम्बन्धमा विभिन्न माध्ययमबाट फरक फरक बुझाईहरु प्राप्त भएको भन्दै बैंकले विज्ञप्ति मार्फत विषयलाई थप प्रष्ट पार्ने कोसिस गरेको छ। 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ११(१) को व्यवस्था बमोजिम बैंकको संस्थापक सेयरहरु कारोबार संचालन गरेको कम्तीमा पाँच वर्ष नपुगेसम्म संस्थापकले बिक्री गर्न वा धितो बन्धक राख्न नपाउने गरी लक इन अवधि तोकिएकोमा त्यस्तो लक इन अवधि समाप्त हुनु भन्दा कम्तीमा १ महिना अगावै सो को सूचना सरोकारवालाहरुलाई दिनुपर्नेछ भनि नेपाल धितोपत्र बोर्डको पत्र संख्या ८० / ८१, चलानी नं. १५२३ मिति २०८०/०८/२५ गतेको पत्रबाट निर्देशन भए बमोजिम उल्लेखित सूचना जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

यसरी संस्थापक सेयरहरुको लक इन अवधि समाप्त भए पश्चात पनि संस्थापक सेयरहरुको कारोबार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ११ मा भएको व्यवस्था अनुरुप आवश्यक स्वीकृती नेपाल राष्ट्र बैंकबाट प्राप्त गरी सोही समुह (संस्थापक) मा रहने गरी मात्र हुन सक्ने बैंकले भनेको छ। 

65b1503174449.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको