Like us!
Follow us!
Connect us!
Watch us!

निफ्रालाई आरोप - जानाजान बिहान प्रपन्च मच्चायो, दिउँसो चलखेल गरेर साँझ सच्यायो

अर्थ संसार

विहीबार, ११ माघ २०८०, ०७ : ३० मा प्रकाशित

निफ्रालाई आरोप - जानाजान बिहान प्रपन्च मच्चायो, दिउँसो चलखेल गरेर साँझ सच्यायो

सेयरबजारमा कारोबार गर्ने लगानीकर्ताहरुले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले बुधबार चलखेल गरेको आरोप लगाएका छन्। 

अर्थसंसारसँग कुराकानी गर्दै बजारका एक जानकार चर्चित लगानीकर्ताले नाम उल्लेख नगर्ने सर्तमा भने,'निफ्राले जानजान बिहान आँफैले सूचना प्रकाशित गर्दै आतंक मच्चाएको हो। उसले आफैले अपुरो सूचना प्रकाशित गर्दै सेयरबजारका लगानीकर्तालाई प्यानिक गर्दै सेयरको मुल्य घटाएर किन्नका लागि गरिएको प्रपन्च हो।'

'केहि समय अगाडी देखि नै निफ्राको सेयरमा ठूला धरानाको प्रवेश भएको छ। उनीहरु सकेसम्म सेयरको मूल्य घटाएर धेरै भन्दा धेरै निफ्राको सेयर किन्ने दाउमा छन्। त्यसका लागि नै अधुरो र अपुरो सूचना प्रकाशित गर्न लगाएर रिटेलर लगानीकर्ताको सेयर फुटाए र साँझ विज्ञप्ति निकालेर आफुलाई सच्चाए।' उनले भने। 

निफ्राको बिहानको सूचना 

निफ्राको साँझको विज्ञप्ति 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको