Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन एभरेस्ट इन्स्योरेन्सको सेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार

अर्थ संसार

विहीबार, ११ माघ २०८०, १५ : २९ मा प्रकाशित

हिमालयन एभरेस्ट इन्स्योरेन्सको सेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार

हिमालयन एभरेस्ट इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीको ८.६३ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार अब कम्पनीको कारोबार प्रति सेयर ६०७.५६ रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको अन्तिम कारोबार ६६० रुपैयाँमा भएको थियो । कम्पनीले हालको चुक्ता पुँजीको ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ६.३७ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । 

इन्स्योरेन्सले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ माघ १४ गते बुकक्लोज गर्दैछ तोकेको छ । तर माघ १२ गते शुक्रबार र माघ १३ गते शनिबार परेको हुँदा आजसम्म कारोबार भई कायम रहेका सेयरधनीहरुले इन्स्योरेन्सले मात्र कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको