Like us!
Follow us!
Connect us!
Watch us!

सम्भावित नोक्सानीको प्रोभिजन रकम राइटब्याक हुँदा सपोर्ट माइक्रोफाइनान्सको नाफा २.४६ गुणाले बढ्यो

अर्थ संसार

शुक्रबार, १२ माघ २०८०, १० : ३४ मा प्रकाशित

सम्भावित नोक्सानीको प्रोभिजन रकम राइटब्याक हुँदा सपोर्ट माइक्रोफाइनान्सको नाफा २.४६ गुणाले बढ्यो

सपोर्ट माइक्रोफाइनान्सले यस आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सम्भावित नोक्सानीको प्रोभिजन रकम राइटब्याक हुँदा माइक्रोफाइनान्सको नाफामा उल्लेख्य वृद्धि भएको छ ।

खुद नाफा

दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफामा उल्लेख्य वृद्धि भएको देखिन्छ ।  लघुवित्तले यस आर्थिक वर्षको पहिलो ६ महिनामा ८६ लाख नाफा कमाएको छ । गत वर्ष यसै अवधिसम्म लघुवित्तले २४ लाख रुपैयाँ नाफा कमाएको थियो । लघुवित्तको खुद नाफा २.४६ गुणाले बढेको हो ।

खुद ब्याज आम्दानी

लघुवित्तको यस त्रैमास सम्म खुद ब्याज आम्दानी भने घटेको छ । यस त्रैमास सम्म कम्पनीले २ करोड ९३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड १० लाख खुद ब्याज आम्दानी गरेको थियो। यस सूचक ५.४ प्रतिशतले घटेको देखिन्छ । 

सञ्चालन मुनाफा

लघुवित्तले दोस्रो त्रैमास सम्म सम्म ७२ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । अघिल्लो वर्ष यहि अवधि सम्म बैंकको मुनाफा ३३ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा अहिले १.१३ गुणाले बढेको छ ।

खराब कर्जा अनुपात (एनपिएल)
यस त्रैमास सम्म कम्पनीको खराब कर्जा १.५४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस अवधिमा खराब कर्जा एनपीएल ३.५३ प्रतिशत रहेको थियो ।

चुक्तापुँजी
९ करोड ५२ लाख रुपैयाँ

रिजर्भ
५ करोड ४० लाख रुपैयाँ (अघिल्लो वर्ष रिजर्भमा ५ करोड ३९ लाख रहेको )

प्रतिसेयर आम्दानी
१८.१५ रुपैयाँ 

पीई रेसियो
५५.४९ गुणा

प्रतिसेयर नेटवर्थ
१५६.७९ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको