Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ क्षेत्रमा देखिएका भ्रम,समस्या र सामाधान

महेश राज जोशी

अर्थ संसार

सोमबार, १५ माघ २०८०, १० : ३६ मा प्रकाशित

बैंकिङ क्षेत्रमा देखिएका भ्रम,समस्या र सामाधान

ऋणीले बैंकको ब्याज बुझाउन नसक्दा बैंकहरु घरजग्गा लिलाममा किन जान्छन,रोक्न सकिदैन ?

कुनै पनि बैंक तथा बित्तीय संस्थाले आप्नो रकम वा नाफाबाट कर्जा प्रवाह गर्ने होईन । कुनै ब्यक्ति तथा संस्थाहरुले कुनै पेसा तथा व्यवसाय गरि आर्जन गरेको निश्चित रकम सुरक्षाको प्रत्याभुति तथा ब्याज प्राप्त गर्ने उदेश्यले बैंकमा बचत गरेको हुन्छ सोहि बचतकर्ताको रकम कुनै निश्चित उदेश्यको लागि बैंकले तोकेको ब्याज दिने सर्तमा पैसा आवश्य भएको अर्काे ब्यक्तिलाई तिर्न सक्ने क्षमता बिष्लेषण गरि उक्त रकम प्रदान गरिएको हुन्छ ।

बचतकर्ताको निक्षेप सुरक्षित राखि निजले मागेको बेला फिर्ता गर्नु बैंकको सबै भन्दा महत्वपूर्ण जिम्मेवारी हुने भएकोले उक्त रकम ऋणको रुपमा लगेको ब्यक्तिले नियतबस तथा कुनै नियतिले फिर्ता गर्न नसकेमा बचतकर्ताको रकम असुल गर्न नियामक निकाय नेपाल राष्ट्र बैंकले तोकेको नियमानुसारको धितो बैंकहरुले उक्त कर्जा रहुन्जेल सम्मको लागि बैंकको नाममा रोक्का राखिएको हुन्छ ।

यदि ऋणी सोयमले तमसुक गरि आफुले निश्चित समयमा तिर्छु तिर्न नसकेमा धितो लिलाम गरि बचतकर्ताको रकम फिर्ता गर्नु भनेर लगेको रकम तिर्न छोडेमा बचतकर्ताको रकम फिर्ता गर्नको लागि बिभिन्न समयमा ताकेता गर्दा समेत नतिरेमा उक्त रोक्का राखिएको धितो किन्न चाहने महानुभावहरुबाट अधिकतम मुल्य प्रदान गर्ने ब्यक्तिलाई लिलाम गरि उक्त ऋणीले बैंकलाई भुक्तान गर्नुपर्ने ऋण तथा ब्याज राफसाफ गरि बाकि रकम सोहि ऋणिकै खातामा छोडिदिने गर्दछ । ऋणीले जस्तो जिम्मेवार बैंकले बचतकर्तालाई निश्चित समयमा दिन्छु भनेको ब्याज अहिले दिन सकेन वा बचतकर्ताले आप्नो बचत मागेको बेला दिन सक्दैन भन्न किमार्थ पाउदैन ।त्यस अर्थमा ऋणीले बैंकको ब्याज बुझाउन नसक्दा बैंकहरु घरजग्गा लिलाम गर्छन र रोक्न सकिदैन । 

ब्याजदर किन परिवर्तन हुन्छ? कर्जा लग्दा र ब्याज बुझाउदा किन फरक पर्दछ ?

कर्जा लिन बैंकमा आएको ग्राहक सबै भन्दा ईमान्दार र सरल देखिन्छन । कतिपय अवस्थामा ब्याजदर परिवर्तनको बारे बताउन खोज्दा समेत ग्राहक अग्रसर भएर भन्छन त्यो त स्वभाविक हो नि हिजो किनेको चिनिको मुल्य त आज फरक हुन्छ ब्याजदर त भईराख्ला नि जसरी पनि तिर्ने हो । तर कतिपय कर्जा ग्राहक ब्याज बुझाउने समयमा भने सबै कुरा बिर्सेर ब्याजदर किन बड्यो भन्ने प्रश्न गर्ने गर्दछन ।

हालको पुंजी कर्जा र निक्षेपको अनुपात ९० प्रतिशत रहेको छ । यसको अर्थ बैंक संग रु १०० जम्मा भएको छ भने रु ९० सम्म मात्र कर्जाको रुपमा प्रवाह गर्न पाउछन । कर्जाको ब्याजदर निर्धारण मुख्यतया हरेक महिनाको आधारदरमा निर्भर रहन्छ । आधारदरको महत्वपुर्ण तत्व कोषको लागत हो । सरल अर्थमा भन्दा बचतकर्ताको ब्याजदर बढेमा आधारदर बढ्ने गर्दछ भने घटेमा घट्ने गर्दछ ।

हालको स्प्रेड रेट ४ प्रतिशत रहेको छ । सरल अर्थमा भन्दा बचतकर्ताको ब्याजदर र कर्जाको ब्याजदरको अनुपात बढिमा ४ प्रतिशत रहेको हुन्छ । यस अर्थमा लगानियोग्य रकम संकलन गर्न समेत बचतकर्ताको ब्याजदरलाई सम्मान गर्नुपर्ने हुन्छ । त्यसकारण बचतकर्ताको ब्याजदर बढ्दा कर्जाको ब्याजदर बढेको देखिन्छ । बैंकको लागि बचतकर्ता र कर्जा ग्राहक उत्तिकै महत्वपुर्ण भएकोले दुबैको उचित सम्मान र ब्यवस्थापन अपरिहार्य हुन्छ । बैंकहरुले स्थिर ब्याजदर तथा बढ्दा बढ्ने घट्दा घट्ने चलायमान ब्याजदरको बिकल्प समेत रहने भएकोले कर्जा लिदा सो सम्बन्धी सम्पुर्ण जानकारी लिनु महत्वपूर्ण हुन्छ ।  

नेपालका बैंकहरुको निष्कृय कर्जा किन बड्दै छ ? कर्जा लगे पछि समयमा किन ब्याज तथा सावा फिर्ता÷चुक्ता हुदैन ?

बैंकको लागि असल कर्जा सबै भन्दा ठुलो सम्पति हो भने खराब कर्जा बैंकहरु डुबाउने अस्त्र हो । कुनै पनि बैंकको निस्कृय कर्जा बड्नुको प्रमुख कारण सुरुमा कर्जा लगानि गर्दा उक्त कर्जाको सावा तथा ब्याज तिर्न सक्ने प्रयाप्त आधारहरुको सहि विष्लेषण गर्न नसक्नु हो । हालको बैंकिङ उद्योगमा थोरै कर्जा ग्राहकहरुलाई नियतिले गर्दा वा साच्चै समस्यामा परेर नियमित ब्याज तिर्न अप्ठेरो परिरहेको देखिन्छ भने अधिकांस खराब कर्जाका ग्राहकहरुले नियतबस नै सावाब्याज तिर्न छोडेको पनि देखिन्छ ।

हरेक समस्याहरुको समाधान हुन्छ तर बाहानाहरुको उपाय पनि हुदैन । एक गलत कर्जा ग्राहक बैंक भित्र छिर्दा त्यसले समग्र बैंकलाई नै रोगि बनाउदछ । सुरुमा लगानि गर्ने समय कर्जाको सावा तथा ब्याज तिर्न सक्ने प्रयाप्त आधारहरुको सहि विष्लेषण गर्न सक्ने बैंक अधिकारि तथा प्रबन्धक नपाउदा समेत बैंकले भविश्यमा दुख पाउने गर्दछ ।नेपालमा कर्जा सम्बन्धी बिशेष तालिममा लगानि गरि उचित तथा सक्षम बैंकर उत्पादन गर्न सक्नु आजको चुनौति र अपरिहार्यता हो ।

कर्जामा लगानि गर्दा नियामक निकाय राष्ट्र बैंकको नीति नियमको सहि अनुपालना गर्न नसक्दा आजको कमसल लगानि भोलिको जोखिम तथा निस्कृय कर्जा बन्न जान्छ । यो संगै ब्यवसायमा देखिने मन्दि तथा कर्जाको दुरुपयोगले समेत ऋणिको प्रतिफलमा असर पर्दा कर्जा लगे पछि समयमा ब्याज तथा सावा फिर्ता÷चुक्ता हुदैन र बैंकको निस्कृय कर्जा बड्न जान्छ ।

नेपालका बैंकहरुको निष्कृय कर्जा बड्दै गर्दा अबको समाधान के त,कसरी बढ्न सक्छ असल कर्जा ?

हरेक समस्याको उचित समाधान पनि हुन्छ । अध्यारो टनेलको अन्त्यमा उज्यालो पनि हुन्छ । बैंकहरुको खुद नाफामा फरक पार्ने बिभिन्न कारणहरु भएपनि मूल कारण कर्जामा हुन सक्ने सम्भाबित क्षतिबाट सुरक्षित रहन गरिने कर्जा नोक्सानि ब्यवस्था नै हो ।सोहि ब्यवस्थाका कारण बैंकहरुमा प्रबेष गरेका खराब प्रबृतिका कर्जाहरुको अल्पकालिन सामाधानको लागि थप कर्जा गरेर समेत ब्याजको असुलि गर्ने र कर्जा नोक्सानि ब्यवस्थाको रकम कम गराई नाफा बढाउने अभ्यासहरु समेत थिए ।

हाल नेपाल राष्ट्र बैंकको पछिल्लो नीति अनुसार पौष महिनामा बर्गिकरण गरिएको कर्जा असाड सम्म सोहि बर्गमा राख्नुपर्ने ब्यवस्थाले समेत खराब कर्जा हरुको चुक्ता गराउनु पर्ने दबाब बढेर जानेछ । अबको अवस्था बैंकहरुले अझ बढि खटिनुपर्ने हुन्छ, बित्तिय चेतनाहरुको बिस्तार गरि खराब कर्जा चुक्ता गराउने कार्यनितीहरु अबिलम्बन गरिनु पर्दछन। हाल घर जग्गाको मुल्य घटिरहेको र ब्याज नतिर्दा बैंकमा हर्जना बढिरहने भएको कारण पनि सम्पति बिक्री गरि समयमा खराब कर्जाहरु चुक्ता गर्नुपर्ने हुन्छ ।

खराब प्रबृति भएका ब्यक्ति थोरै हुन्छन तर धेरै जसो ऋणीहरु ईमान्दर हुनेगर्दछन । उनिहरुसंग बित्तिय चेतना पनि हुन्छ र ऋणको रकम कुनै ब्यक्तिको बचत भएको ज्ञान पनि हुन्छ । त्यस्ता ऋणिले ईमान्दारिता पूर्वक आप्नो ब्यवसाय गरेका हुन्छन । देशमा देखिएको आर्थिक मन्दीले उनिहरु समस्यामा नपरुन भन्ने उद्देश्यले बैंकहरुको ब्याजदरको प्रिमियमहरु घट्नुपर्दछ ।

नेपालमै केहि गरौ भनेर लागिपरेका ब्यवसायीहरुलाई बैंकहरुको निसर्त साथ रहनु पर्दछ ।बैंकहरुले निश्चीत समयको लागि स्थीर न्युनतम प्रिमियमदर राखि गरिखाने बर्गको हितको लागि आजका नितीहरु तय हुनु पर्दछन । एउटा सानो निर्णयले पनि ब्यवसायहरु दिगोरुपमा बाच्न सक्छन र समग्र बैंकिङ अवस्थामा सुधार दैखिदै जानेछ ।  

(लेखक महेश राज जोशी,  नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाका शाखा प्रबन्धक हुन्।  )

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको