Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिष्टिलरीको १५ प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा

अर्थ संसार

आइतबार, २१ माघ २०८०, १३ : १२ मा प्रकाशित

हिमालयन डिष्टिलरीको १५ प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा

हिमालयन डिष्टिलरी लिमिटेडले आव ०७९/८० को मुनाफाबाट घोषणा गरेको नगद लाभांश सेयरधनीको खातामा जम्मा गरिदिएको छ ।

कम्पनीका अनुसार सेयरधनीहरुको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा माघ ३ गते देखि नै लाभांश जम्मा गर्न थालिएको हो । बुक क्लोज मितिसम्ममा कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांशबापतको रकम सोही खातामा नै जम्मा गरिने व्यवस्था गरिएको छ ।

हालसम्म पनि अभौतिकीकरण (डिम्याट) नगराएका वा हितग्राही खाता खोलेर पनि कम्पनीको सेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुले आफूलाई पायक पर्ने निक्षेप सदस्यकोमा हिग्राही खाता खोली सेयर अभौतिकीकरण गराएर लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले १५  प्रतिशतका दरले नगद र १० प्रतिशत बोनस सेयर गरि २५ प्रतिशत लाभांश वितरण गरेको हो । पुस २५ को साधारणसभाबाट कम्पनीले लाभांश  प्रस्ताव पारित गरेको थियो । यसैगरी कम्पनीले अघिल्ला ५ वर्ष देखिको नगद लाभांश लिन बाकिँ सेयरधनीले आगामी एक महिनाभित्र लाभांश बुझिलिन पनि सूचित गरेको छ । पाँच वर्षसम्म पनि नगद लाभांश लिन नआएमा कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना हुने लगानीकर्ता संरक्षण कोषमा उक्त रकम जम्मा हुने व्यवस्था रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको