Like us!
Follow us!
Connect us!
Watch us!

एसियन लाइफ इन्स्योरेन्सको साधारणसभा मिति तय, बुक क्लोज कहिले?

अर्थ संसार

विहीबार, २५ माघ २०८०, १० : १९ मा प्रकाशित

एसियन लाइफ इन्स्योरेन्सको साधारणसभा मिति तय, बुक क्लोज कहिले?

एसियन लाइफ इन्स्योरेन्सले कम्पनीको वार्षिक साधारणसभा डाकेको छ ।

कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैठकले फागुन १८ गते बाराको सिमरास्थित होटेल क्लासिकमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ । 

कम्पनीले हालको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख पाँच सय १७ रुपैयाँको ७.७५ प्रतिशतले हुन आउने २४ करोड ४५ लाख ३५ हजार सात सय ९० रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनका निमित्त ०.४०७८ प्रतिशतले हुन आउने एक करोड २८ लाख ७० हजार तीन सय ५ रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ । यसैगरी कम्पनीले तोकिएको चुक्ता पुँजी पुर्याउन बोनसपछि हकप्रद सेयर पनि जारी गर्ने पनि विशेष प्रस्ताव पनि पेश हुने जनाएको छ ।

कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि फागुन ८ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात फागुन ७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् । कम्पनीले बोनस पछि पुग्ने चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार तीन सय ७ रुपैयाँको ४२ प्रतिशत अर्थात १:०.४२ अनुपातमा हकप्रद सेयर पनि निष्कासन गर्ने लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको