Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रिइन्स्योरेन्सले डाक्यो साधारणसभा, लाभांश पछि हकप्रद पनि जारी गर्ने

अर्थ संसार

आइतबार, २८ माघ २०८०, ०९ : ३२ मा प्रकाशित

हिमालयन रिइन्स्योरेन्सले डाक्यो साधारणसभा, लाभांश पछि हकप्रद पनि जारी गर्ने

हिमालयन रिइन्स्योरेन्सले कम्पनीको तेस्रो वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले लगानीकर्तालाई बोनस सेयर दिनुका साथै हकप्रद सेयर पनि जारी गर्ने भएको छ ।

माघ २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फागुन २० गते काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ । 

यसैगरी कम्पनीले हालको चुक्ता पुँजी १० अर्बको ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारणसभामा पेश गरी स्वीकृत गर्ने जनाएको छ । कम्पनीले ४ प्रतिशत बोनस सेयर  र सोको कर प्रयोजनका लागि ०.२१ नगद लाभांश वितरण गर्न लागेको हो । यसैगरी बोनस वितरणपछि हुन आउने १० अर्ब ४० करोडको १०:८ अनुपात अर्थात प्रति १० सेयर ८ कित्ता सेयरले हुन आउने आठ अर्ब ३२ करोड बराबरको हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि साधारणसभामा पेश हुने जनाइएको छ ।

हकप्रद निष्कासन पछि कम्पनीको चुक्ता पुँजी १८ अर्ब ७२ करोड पुग्नेछ । कम्पनीले साधारणसभा र लाभांश प्रयोजनार्थ फागुन ७ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात फागुन ६ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको