अघिल्लो साता मात्रै बैंक तथा वित्तीय संस्थाबाट ९५ अर्ब निक्षेप संकलन गरेको नेपाल राष्ट्र बैंकले आज थप २५ अर्ब तरलता खिच्ने भएको छ ।
बैंकले ७ दिने निक्षेप संकलन उपकरण मार्फत माघ २८ देखि फागुन ६ गतेसम्मका लागि २५ अर्ब निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंकबाट इजाजत पाएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको बोलकबोलका लागि आवेदन दिन सक्नेछन् । ती संस्थाले कम्तिमा १० करोड देखि सो भन्दा माथि ५ करोडले भाग गर्दा निशेष भाग जाने रकम २५ अर्बसम्मै बोल गर्न सक्नेछन् ।
संकलित निक्षेपको साँवा तथा ब्याज राष्ट्र बैंकले फागुन ६ गते भुक्तान गर्नेछ । ब्याजको हकमा सबैभन्दा कम कबोल गरिएको ब्याजलाई पहिलो प्राथमिकतामा राखी त्यसै क्रमले बोल गरिएको रकम क्रमश: बाँडफाँड हुनेछ । यसरी निक्षेप संकलन गरिएको रकम तरलता अनुपात तथा एसएलआरमा बैंक तथा वित्तीय संस्थाले गणना गर्न पाउनेछन् ।
माघ महिनामा राष्ट्रबैंकले निक्षेप संकलन गर्न लागेको यो १० औं पटक हो । अघिल्लो साता मात्रै बैंकले ४०,४५ र १० अर्ब गरि तीन पटक निक्षेप संकलन गरेको थियो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भए पनि कर्जा विस्तार भने हुनसकेको छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस