Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाका ग्राहकलाई नेशनल पाथ ल्याबमा छुट

अर्थ संसार

आइतबार, २८ माघ २०८०, २० : ३३ मा प्रकाशित

कामना सेवाका ग्राहकलाई नेशनल पाथ ल्याबमा छुट

कामना सेवा विकास बैंकका ग्राहकलाई रुपन्देहीको बुटवलस्थित नेशनल पाथ ल्याब एण्ड रिसर्च सेन्टरका सेवाहरुमा छुट हुने  दुई संस्थाबीच सम्झौता भएको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट प्राप्त गर्ने भनिएको छ ।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरुसम्म पुर्याउने उद्देश्यले स्थापित उक्त नेशनल प्याथ ल्याबमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखारहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको