Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

अर्थ संसार

मंगलबार, ०१ फागुन २०८०, ११ : ३१ मा प्रकाशित

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले कम्पनीको ३० औं वार्षिक साधारणसभा डाकेको छ ।

माघ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फागुन ३० गते काठमाडौंको भगवती बहालस्थित लिसारा रिसेप्सन्समा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । साधारणसभाबाट पारित गरि कम्पनीले हाल कायम चुक्ता पुँजी दुई अर्ब ८० करोड ६५ लाख ४९ हजार ९ सय रुपैयाँको ११ प्रतिशतले हुन आउने रकम करसहित नगद लाभांशका रुपमा बाँड्न लागेको छ ।

कम्पनीले साधारणसभा र लाभांश प्रयोजनार्थ फागुन ११ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात फागुन १० गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको