Like us!
Follow us!
Connect us!
Watch us!

सान्जेन हाइड्रोले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

अर्थ संसार

बुधबार, ०२ फागुन २०८०, १० : १२ मा प्रकाशित

सान्जेन हाइड्रोले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

सान्जेन जलविद्युत कम्पनी लिमिटेडले कम्पनीको १३ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले लगानीकर्तालाई लाभांशको भने कुनै व्यवस्था गरेको छैन ।

माघ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चैत ५ गते काठमाडौंको चण्डोलस्थित कुण्डलिनी दरबार ब्याङ्क्वेटमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ । 

कम्पनीले साधारणसभा र लाभांश प्रयोजनार्थ फागुन १३ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात फागुन १२ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको