Like us!
Follow us!
Connect us!
Watch us!

गोर्खाज फाइनान्सले डाक्यो साधारणसभा, थप प्रमोटर सेयर पब्लिक बनाउने विशेष प्रस्ताव

अर्थ संसार

विहीबार, ०३ फागुन २०८०, १० : ४४ मा प्रकाशित

गोर्खाज फाइनान्सले डाक्यो साधारणसभा, थप प्रमोटर सेयर पब्लिक बनाउने विशेष प्रस्ताव

गोर्खाज फाइनान्स लिमिटेडले कम्पनीको २८ र २९ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले लगानीकर्तालाई लाभांशको भने कुनै व्यवस्था गरेको छैन ।

फागुन २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चैत २ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एन्ड ब्याङ्क्वेटमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा हाल कायम सेयर संरचना परिवर्तन गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । हाल ६० प्रतिशत प्रमोटर र ४० प्रतिशत पब्लिक सेयर रहेकोमा नयाँ प्रस्ताव अनुसार प्रमोटर सेयर ५१ प्रतिशत र पब्लिक सेयर ४९ प्रतिशत बनाउने प्रस्ताव रहेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ फागुन १८ देखि चैत २ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । अर्थात फागुन १७ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको