Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

आइतबार, ०६ फागुन २०८०, ०८ : ४३ मा प्रकाशित

हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

आज फागुन ६ गते हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ हिमालयन रि ले भोलि अर्थात फागुन ७ गते बुकक्लोज तय गरेको छ  भने एशियन लाइफले फागुन ८ गते बुकक्लोज तय गरेको छ ।फागुन ७ गते प्रजातन्त्र दिवसको सार्वजनिक बिदा रहेको हुनाले  आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका यस कम्पनीका सेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

हिमालयन रि इन्स्योरेन्स

हिमालयन रि इन्स्योरेन्सले फागुन २० गते, आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा तेस्रो वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ। 

सभामा हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ। तेस्तै,बोनस सेयर वितरण पश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात १० बराबर ८ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञालक समितिलाई अख्तियारी दिने, संस्थापकसमूहको तर्फबाट रिक्त रहेको पदका लागि एक जना सञ्चालक र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

एशियन लाइफ इन्स्योरेन्स

एशियन लाइफ इन्स्योरेन्सले फागुन १८ गते, शुक्रबार, होटल क्लासिक सिमरा, बारामा बिहान ११:३० बजे आफ्नो १६ औँ वार्षिक साधारण सभा डाकेको छ। 

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७.७५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४०७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

तेस्तै, सभाले बोनस सेयर वितरण पश्चात कायम चुक्ता पूँजीको ४२ प्रतिशत अर्थात १ बराबर ०.४२ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। तेस्तै, कम्पनीले हाल जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, सेयर संरचना परिवर्तनपश्चात सञ्चालक समितिको संरचना परिवर्तन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सर्वसाधारण समूहको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको