Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल हाइड्रोपावरले डाक्यो साधारणसभा, आइपिओ जारी गर्ने

अर्थ संसार

आइतबार, ०६ फागुन २०८०, १४ : ३२ मा प्रकाशित

सिभिल हाइड्रोपावरले डाक्यो साधारणसभा, आइपिओ जारी गर्ने

सिभिल हाइड्रोपावर लिमिटेडले आफ्नो १४ औं वार्षिक साधारणसभाको मिति तय गरेको छ ।

कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २७ गते कास्कीको पोखरास्थित कम्पनीकै रजिष्टर्ड कार्यालयमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी कम्पनीले आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणमा साधारण सेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ । कम्पनीले कास्कीको विजयपुर खोलामा ४.५ मेगावाटको विजयपुर-२ क्यास्केड हाइड्रोपावर आयोजनाको निर्माण गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको