Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रिइन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार?

अर्थ संसार

आइतबार, ०६ फागुन २०८०, १५ : २५ मा प्रकाशित

हिमालयन रिइन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार?

हिमालयन रिइन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ ।

हिमालयन रिइन्स्योरेन्सले घोषणा गरेको ४ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार अब मङ्गलबार हिमालयन रिइन्स्योरेन्सको कारोबार ६२०.२८ रुपैयाँमा खुल्नेछ । आज कम्पनीको अन्तिम कारोबर ६४५.१ रुपैयाँमा भएको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी एसियन लाइफ इन्स्योरेन्सले घोषणा गरेको ७.७५ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार मङ्गलबार एसियन लाइफ इन्स्योरेन्सले कारोबार ६१६.७९ रुपैयाँमा खुल्नेछ । आज कम्पनीको अन्तिम कारोबर ६६४.६ रुपैयाँमा भएको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ७.७५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४०७८ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ हिमालयन रिले भोलि अर्थात फागुन ७ गते बुकक्लोज तय गरेको छ भने एशियन लाइफले फागुन ८ गते बुकक्लोज तय गरेको छ । फागुन ७ गते प्रजातन्त्र दिवसको सार्वजनिक बिदा रहेको हुनाले आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका यस कम्पनीका सेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको