Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तको कर्जा नोक्सानी व्यवस्था उच्च, खुद्रा कर्जा प्रदायकलाई अझै कठिन

अर्थ संसार

आइतबार, ०६ फागुन २०८०, १९ : ४० मा प्रकाशित

लघुवित्तको कर्जा नोक्सानी व्यवस्था उच्च, खुद्रा कर्जा प्रदायकलाई अझै कठिन

लघुवित्त संस्थाहरुको कर्जा नोक्सानी व्यवस्थामा उच्च वृद्धि देखिएको छ ।

२०८० पुस मसान्तसम्मको विवरण अनुसार थोक तथा खुद्रा कर्जा प्रदायक दुवै प्रकारका लघुवित्तको कर्जा नोक्सानी व्यवस्थामा वृद्धि देखिएको हो । खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्थामा वृद्धि भएको छ । २०८० पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा १९.३८ प्रतिशतले बढेर रू. २० अर्ब २२ करोड पुगेको छ । जसमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा ३२.८९ प्रतिशतले वृद्वि भई रु.१४ अर्ब १७ करोड पुगेको छ ।

यसैगरी २०८० पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्था बढेको छ । २०८० पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा ७.१६ प्रतिशतले बढेर रू. १ अर्ब ६८ करोड पुगेको छ । जसमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा ६७.८६ प्रतिशतले वृद्वि भई रु.७१ करोड पुगेको छ । 

अघिल्लो आर्थिक वर्षको तुलनामा भने दुवै प्रकारका लघुवित्तको कुल कर्जा नोक्सानी व्यवस्था रकम र निष्क्रिय कर्जा नोक्सानी व्यवस्था रकमको वृद्धि दर घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको