Like us!
Follow us!
Connect us!
Watch us!

साढे सात महिनापछि राधी हाइड्रोबाट विद्युत उत्पादन पुन सुचारु

अर्थ संसार

मंगलबार, ०८ फागुन २०८०, ०९ : ४२ मा प्रकाशित

साढे सात महिनापछि राधी हाइड्रोबाट विद्युत उत्पादन पुन सुचारु

राधी विद्युत कम्पनी लिमिटेडद्धारा प्रवर्द्धित ४.४ मेगावाटको राधी साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुन सुचारु गरिएको छ ।

गत असार २२ गते अविरल रुपमा भएको वर्षाको कारणले राधी खोलामा आएको बाढी र पहिरोको कारण राधी साना जलविद्युत आयोजनाको हेडवर्क्स र हेडरेस पाइपमा क्षति पुग्दा आयोजनाको विद्युत उत्पादन ठप्प भएको थियो । साढे सात महिनापछि मर्मत सम्पन्न गरि विद्युत उत्पादन शुरु गरिएको कम्पनीले जनाएको छ ।

फागुन ५ गते राति ८:२० मा परीक्षण कार्य सम्पन्न गरि  फागुन ६ गते  दिउँसो ४:०० बजे बाट पूनः यस आयोजना संचालनमा आएको कम्पनीले जारी गरेको सूचना उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको