Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत बिक्री सम्झौता फाइनल गर्न कुलमान घिसिङ आज बङ्गलादेश जाँदै

अर्थ संसार

बुधबार, ०९ फागुन २०८०, ०९ : ४५ मा प्रकाशित

विद्युत बिक्री सम्झौता फाइनल गर्न कुलमान घिसिङ आज बङ्गलादेश जाँदै

बङ्गलादेशसँग विद्युत बिक्री सम्झौताको टुङ्गो लगाउन नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

विद्युत बिक्री सम्झौताको मूल्य लगायतका मुख्य विषयलाई अन्तिम रुप दिन प्राधिकरणको टोली त्यसतर्फ जान लागेको छ । प्राधिकरणले फेब्रुअरीको पहिलो साता नै विद्युत बिक्रीका लागि प्रस्तावित मूल्यसहितको प्रपोजल पेश गरिसकेको छ । प्रतियुनिट ८ रुपैयाँ ९१ पैसामा बिजुली बेच्ने गरी प्राधिकरणले प्रस्ताव पेस गरेको हो ।

पाँच वर्षसम्मको सम्झौता गरि नेपालले बङ्गलादेशतर्फ भारत हुँदै बिजुली निर्यात गर्न लागेको हो । पहिलो चरणमा बङ्गलादेशले ४० मेगावाट बिजुली खरिद गर्न लागेको हो । प्राधिकरणले प्रस्तावित गरेको मूल्य बाहेक भारतीय प्रसारण लाइन प्रयोग गरेबापतको थप शुल्क बङ्गलादेशले तिर्नुपर्ने हुनेछ । त्यसकारण बङ्गलादेशले ८ रुपैयाँ २४ पैसा भन्दा महँगोमा बिजुली किन्दा लागत उच्च पर्ने बताउँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको