Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफ इन्स्योरेन्सका सेयरधनीको यसपालि हात रित्तै

अर्थ संसार

शुक्रबार, ११ फागुन २०८०, १० : १२ मा प्रकाशित

सूर्यज्योति लाइफ इन्स्योरेन्सका सेयरधनीको यसपालि हात रित्तै

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।

फागुन १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । सञ्चालक समितिबाट पारित वित्तीय विवरण नेपाल बीमा प्राधिकरणमा पेश गरि स्वीकृति पाएपछि साधारणसभामा पेश हुनेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन । साविकको सुर्या लाइफ इन्स्योरेन्समा ज्योति लाइफ इन्स्योरेन्स गाभिएर सूर्यज्योति लाइफ इन्स्योरेन्सका नाममा पुस ७ गतेदेखि एकीकृत कारोबार शुरु भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको