Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्यो आकर्षक लाभांश, हकप्रद पनि जारी गर्ने

अर्थ संसार

आइतबार, १३ फागुन २०८०, १० : ०७ मा प्रकाशित

सन नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्यो आकर्षक लाभांश, हकप्रद पनि जारी गर्ने

सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले कुल २५.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले हालको चुक्ता पुँजीको २३.८ प्रतिशतले हुन आउने ७६ करोड १६ लाख रुपैयाँ बराबर बोनस सेयर र कर प्रयोजनका लागि १.२५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन । नेपाल बीमा प्राधिकरणको स्वीकृति लिएर आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । यसैगरी कम्पनीले बोनस वितरणपछि कायम हुने चुक्तापुँजीको २७ प्रतिशत हकप्रद सेयर जारी गर्ने पनि जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको