Like us!
Follow us!
Connect us!
Watch us!

कास्कीमा भीरबाट खसेर जर्मन पर्यटकको मृत्यु

अर्थ संसार

आइतबार, १३ फागुन २०८०, १० : ४० मा प्रकाशित

कास्कीमा भीरबाट खसेर जर्मन पर्यटकको मृत्यु

कास्कीमा भीरबाट खसेर जर्मन पर्यटकको मृत्यु भएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ स्थित मिर्सामा भिरबाट खसेर पोखरा घुम्न आएकी जर्मन नागरिक पिया जोसको मृत्यु भएको हो । शनिबार साँझ पिया भिरबाट खसेको भन्दै उनका साथीले प्रहरीलाई खबर गरेका थिए । उनको शव आज सशस्त्र प्रहरी बलको उद्धार टिमले डोरीको सहायताले निकालेको हो ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको अमेरिकी साथीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको