Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीले आज संसद्‍मा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने

अर्थ संसार

सोमबार, १४ फागुन २०८०, ०९ : ३० मा प्रकाशित

अर्थमन्त्रीले आज संसद्‍मा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने

प्रतिनिधि सभाको बैठक आज सोमबार बिहान ११ बजे बस्दै छ। संसद् सचिवालयले आज बैठक बस्ने जानकारी दिएको छ।

आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आव २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्तुत गर्ने संसद् सचिवालयको सम्भावित कार्यसूचीमा उल्लेख छ।

यस बाहेक आज सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यक्रम तय भएको छ। 

आज कै सभामा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची राखिएको छ। 

तेस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन। 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको