Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ क्षेत्रलाई स्वस्थ राख्न प्रोभिजनिङ बढाइएको गभर्नर अधिकारीको भनाई, भन्छन् "वित्तीय संस्था फेल हुने सम्भावना छैन "

अर्थ संसार

सोमबार, १४ फागुन २०८०, १७ : ०५ मा प्रकाशित

बैंकिङ क्षेत्रलाई स्वस्थ राख्न प्रोभिजनिङ बढाइएको गभर्नर अधिकारीको भनाई, भन्छन् "वित्तीय संस्था फेल हुने सम्भावना छैन "

नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ क्षेत्रलाई स्वस्थ राख्न प्रोभिजनिङ बढाइएको बताउँदै वित्तीय संस्था फेल हुने सम्भावना नरहेको बताएका छन् ।

नेपाल बैंकर्स संघले आयोजना गरेको बैंकिङ क्षेत्रको अवस्थासम्बन्धी छलफलमा बोल्दै गभर्नर अधिकारीले बैंकिङ क्षेत्र धेरै नै पारदर्शिता भएको क्षेत्र भएको बताएका हुन् । उनले बैंकहरुको केही समय लाभांश क्षमता कम भए पनि तिनीहरूको वित्तीय अवस्था निकै नै सबल हुँदै गएको बताएका हुन् । एनआईसी एसिया बैंकलाई उल्लेख गर्दै अधिकारीले बैंकबाट २७ अर्ब निक्षेप निकालिए पनि राष्ट्र बैंकले सिडि रेसियोमा गरेका व्यवस्थाका कारण कुनै समस्या नआएको बताए ।

गभर्नर अधिकारीले सिडि रेसियो बारे व्यवस्था गर्दा भएको आलोचना सम्झदै भने, "केन्द्रीय बैंकले यस्तो व्यवस्था किन ल्याएको रहेछ बल्ल चाल पाउनु भयो होला ।" कुनै एक बैंकमाथि भएको आक्रमणबाट अरु बैंक खुशी भएकोतर्फ इङ्गित गर्दै अर्कोलाई खाने बाघले आफैलाई पनि खाने अवस्था आउन सक्ने पनि उनले बताए । अधिकारीले सहकारी समस्याबारे बोल्दै उक्त समस्या समाधान गर्न पनि ठूलो विषय नभएको भन्दै १० प्रतिशत साना बचतकर्ताको समस्या समाधान गर्ने हो भने ठूला बचतकर्ता आफै चुप लाग्ने बताए ।

अधिकारीले हाल अर्थतन्त्रमा समस्या देखिनुमा सहकारी, निर्माण व्यवसायमा मन्दी र उद्योगहरुको सञ्चालन क्षमता घट्नु मुख्य कारणहरु रहेको बताए । निजी साथै सरकारी पूर्वाधार निर्माणका गतिविधि घट्दा पनि अर्थतन्त्रमा माग कम देखिएको उनको भनाई थियो । बाह्य क्षेत्र अर्थतन्त्रको मजबुत आधारका रुपमा देखिएको पनि उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको