Like us!
Follow us!
Connect us!
Watch us!

पर्वतमा बचतकर्ताको रकम हिनामिना गर्ने सहकारी अध्यक्ष जेल चलान

अर्थ संसार

बुधबार, १६ फागुन २०८०, १० : ५३ मा प्रकाशित

पर्वतमा बचतकर्ताको रकम हिनामिना गर्ने सहकारी अध्यक्ष जेल चलान

पर्वतको कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ जेल चलान भएका छन् ।

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा मुद्दा लागेका श्रेष्ठलाई जिल्ला अदालत पर्वतले मङ्गलबार भएको थुनछेक बहसपछि थुनामा पठाउन आदेश दिएको हो । श्रेष्ठले आफू अध्यक्ष रहेको सहकारीमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको थियो । बचतकर्ताले आफ्नो रकम हिनामिना भएको पाएपछि उजुरी दिएका थिए । सहकारीका अन्य सञ्चालकको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । 

पर्वतमै सञ्चालित तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी र ग्रामीण विकास कृषि सहकारी पनि बचतकर्ताको पैसा हिनामिना भएको थियो । तपाईं हाम्रो बहुउद्देश्यीय सहकारीका अध्यक्ष बालगोपाल श्रेष्ठ पक्राउ परेका किशोर श्रेष्ठको दाइ रहेको बुझिएको छ । उनी भने हाल फरार रहेको प्रहरीले जनाएको छ । तीन सहकारीमा गरि बचतकर्ताको करिब ५० करोड हिनामिना भएको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको