शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको १९ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले लगानीकर्तालाई लाभांशको भने कुनै व्यवस्था गरेको छैन ।
फागुन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चैत ९ गते काठमाडौंको थापाथलीस्थित आफ्नै केन्द्रीय कार्यालयमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ फागुन २७ गते देखि साधारणसभा नभएसम्म बुक क्लोज गर्ने जनाएको छ । अर्थात फागुन २६ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस