Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाइड्रोको हकप्रद सेयरमा २३.७७ प्रतिशत मात्रै आवेदन

अर्थ संसार

बुधबार, २३ फागुन २०८०, १९ : २८ मा प्रकाशित

सिंगटी हाइड्रोको हकप्रद सेयरमा २३.७७ प्रतिशत मात्रै आवेदन

सिंगटी हाइड्रोले निष्कासन गरेको १ बराबर १ अनुपातको हकप्रद सेयरमा २३.७७ प्रतिशत मात्रै आवेदन परेको छ ।

कम्पनीले कुल एक करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेकोमा ३४ लाख ४७ हजार ६६५ कित्ताका लागि मात्रै आवेदन परेको छ । ७४ हजार ६४७ जनाले उक्त हकप्रद सेयरका लागि आवेदन माग गरेका हुन् । कम्पनीले फागुन २ देखि फागुन २२ गतेसम्मका लागि हकप्रद सेयरमा आवेदन खुला गरेको थियो ।

अवितरित एक करोड १० लाख ५२ हजार ३३५ कित्ता अब लिलामी मार्फत बिक्री गरिनेछ । लिलामी सेयरमार्फत बिक्री गर्दा कम्पनीले प्रिमियमसमेत पाउने हुँदा कम्पनीहरु लिलामी मार्फत नै सेयर बेच्न थप इच्छुक हुने गरेका छन् । हकप्रद नभर्दा भने लगानीकर्ताहरुले मूल्य समायोजनको लाभ लिन सक्दैनन् ।

कम्पनीले अर्बिट इनर्जी प्रा. लि. र ह्याबिटाट पावर कम्पनी प्रा. लि. मा लगानी गर्ने र ६५ करोड रुपैयाँ ऋण भुक्तानी गर्न कम्पनीले हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल १ अर्ब ४५ करोड चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद निष्कासन तथा बाँडफाँडपश्चात चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ । 

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको